लोरेन नेपालद्वारा ७८ विद्यार्थीलाई राहत वितरण

सोनी राई,
सोलुखुम्बु, कात्तिक १


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं २ का ७८ जना विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।

शनिबार लोरेन नेपाल फ्रान्सका अध्यक्ष ङिमा शर्पाको पहलमा छात्रावृत्ति पाईरहेका विभिन्न विद्यालयका ७८ जना विद्यार्थीहरुलाई १÷१ बोरा चामल वितरण गरिएको हो ।


कोरोना कहरबाट प्रभावित परिवारलाई जिवनयापनमा सहजताको लागि बुद्ध एकेडेमी तुम्बुकका ३४ जना, सालाबेसी आविका १४ जना, सेतीदेवी आवि चारघरेका १८ जना र नमोवुद्ध आविका १२ जना गरी जम्मा ७८ जनालाई राहत वितरण गरिएको लोरेन नेपालका जिल्ला संयोजक पेम्बा दोर्जी तामाङले जानकारी दिनुभयो ।


यसअघि नै उक्त संस्थाले काँकु, बासा, नेले, सेकारसिंह, लुरा, हेवा, टाक्सिन्दु, रिङमु, तामाखानी लगायतका स्थानमा राहत वितरण गरिसकेको लोरेन नेपालका अध्यक्ष ङिमा शेर्पाले जानकरी दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु