सोलुखुम्बु : ६५ औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

सोलुखुम्बु, असोज ३०


जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुले विभिन्न कार्यक्रम गरि ६५ औँ प्रहरी दिवस मनाएको छ ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा जिल्ला प्रहरी कर्यालय सोलुखुम्बुले दिवंगत प्रहरीप्रति श्रद्धासुमन व्यक्त गर्दै प्रहरी दिवस मनाएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्यले शान्ति सुरक्षा, अपराध नियन्त्रण र भ्रष्टाचार घटाउनका लागि प्रहरीले खेलेको भुमिकाको प्रशंसा गरिन् ।

जिल्लामा ४० प्रतिशत भन्दा बढि प्रहरीको दरबन्दी खाली भएपनि जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्न सफल भई जनतालाई सेवा प्रवाह गरिरहेको आचार्यले बताईन् । नागरिकले प्रश्न नउठाउने गरि काम गर्न उनले प्रहरीलाई निर्देशन दिईन् ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक टेकुनन्द ईवा लिम्बुले प्रहरी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै हरेक अपराध नियन्त्रण तथा रोकथाममा प्रहरीलाई सहयोग गर्न नागरिकलाई अपिल गरे ।

१७ प्रहरी कर्मचारी सम्मानीत

६५ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले १७ प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।

जिल्ला प्रहरी मातहत रहेर उत्कृष्ट काम गर्ने १७ जनालाई सम्मान गरिएको हो ।

जसमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका उत्कृष्ट अनुसन्धान अधिकृत तथा प्रहरी प्रबक्ता महेन्द्र दर्नाल, उत्कृष्ट प्रसासकिय अधिकृत तथा प्रहरी निरिक्षक मन्दिप चौहान, प्रहरी चौकी नेलेका प्रहरी सहायक निरिक्षक नईन्द्र कार्की, ईलाका प्रहरी कार्यालय सोताङका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर चौहान, प्रहरी चौकी सुकेपोखरीका प्रहरी सहायक निरिक्षक गम्भिर कुमार मगर, ईलाका प्रहरी चौकी नाम्चेका सहायक निरिक्षक डम्बर बहादुर श्रेष्ठ लगायत विभिन्न स्थानका प्रहरी हबल्दार तथा प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु