सोलुखुम्बु : थप दुई जनालाई कोरोना पुष्टि

सोलुखुम्बु, असोज ३०


सोलुखुम्बुका थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोलुखोलामा निर्माणाधिन ८२ मेगावटको तल्लो सोलु हाईड्रोपावरमा काम गर्ने २९ वर्षिय पुरुष र ३९ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् ।


उनिहरुको गत असोज २७ गते स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि पठाईएकोमा शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो ।

उनिहरुलाई जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा राखिएको छ । दुवै जनामा कोरोनाको लक्षण देखिएको छैन ।

-->

सम्बन्धित शीर्षकहरु