सोलुखुम्बु : भालुको आक्रमणबाट दुई व्यक्ति गम्भिर घाईते

अमृता राई,
सोलुखुम्बु, असोज ३०


सोलुखुम्बुमा भालुको आक्रमणबाट दुई व्यक्ति गम्भिर घाईते भएका छन् ।

शुक्रबार दिउँसो करिब २ बजेको समयमा भालुको आक्रमणमा परि सोलुदुधकुण्ड नगरपालिका ११ तिङला पेकरनासका ३२ वर्षिय महेश कार्की र २० बर्षिय मनोज भुजेल घाईते भएका हुन् ।


जंगलमा काठ लिन जाँदै गर्दा कार्की र भुजेललाई भालुले आक्रमण गरेको स्थानिय रण बहादुर कार्कीले जानकारी दिए ।


घाइते कार्कीको ढाँड,फिला र भुजेलको गर्धनमा गहिरो चोट लागेको छ । घाइते दुबै जनालाई जिल्ला अस्पताल फाप्लु ल्याइदै गरेको बताइएको छ । थप बिबरण आउन बाकी छ

-->

सम्बन्धित शीर्षकहरु