रीड नेपालले थाल्यो विद्यालय जनचेतना

सोलुखुम्बु, चैत्र ३

दशक अघि देखि सोलुखुम्बुको शैक्षिक गुणस्तर सुधारमा काम गर्दै आएको रीड नेपालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि विद्यालय सचेतना कार्यक्रम शुरु गरेको छ । सोमबार सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा अवस्थित दुधकुण्ड हिमालय आधारभूत विद्यालयबाट कोरोना सचेतना कार्यक्रम शुरु गरेको हो ।


विद्यार्थीहरुलाई सोलु हेल्थ केयर सेन्टरका प्रबन्ध निर्देशक डा. राजेन्द्र बस्नेतले कोरोना भाइरस, लक्षण, सावधानीका उपायका विषयमा अभिमूखिकरण कक्षा दिएका थिए । हात धुने तरिकाबारे प्रयोगात्मक गरिएको थियो भने रोग प्रतिरोध शक्ति बृद्धिका लागि खानेकुराको विषयमा छलफल भएको रीड नेपाल शिक्षा विकास संयोजक केशव गिरीले बताए ।


क्रमशः स्थानीय सरकार र विद्यालयको समन्वय तथा सहकार्यमा विद्यालयमा आधारित सचेतना कार्यक्रम गर्दै जाने संयोजक गिरीको भनाई छ । रीड नेपालले यसअघि पनि विद्यालय स्वास्थ्यलाई ध्यानमा राख्दै प्राथमिक उपचार तालिम लगायतका स्वास्थ्य शिक्षा शिक्षक र विद्यार्थीलाई प्रदान गर्दै आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु