क्रियटिभ युथ क्लब सक्रिय बन्दै

सोभित कुमार ढुंगेल,
सोलखुुम्बु –(नेचा), असोज २९


सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित बिहिबारे बजार क्षेत्रमा क्रियटिभ सोसियल युथ क्लबले मास्क वितरण गरेको छ ।

कोरोना सक्रमणदर बढ्दो अवस्थामा संक्रमण जोखिम कम गर्नका लागि गाउँपालिकाको कार्यालयदेखि त्रिवेणी चोकसम्म ¥याली निकाली मास्क वितरण गरिएको हो ।


बजारी क्षेत्रमा दशैको चहलपहल सुरु भएपछि मानिसको भिडभाड बढेको भन्दै सामाजिक काममा सक्रिय क्लबले स्थानियलाई कोरोनाबाट बच्ने उपायका बारेमा समेत जानकारी गराएको छ ।

सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले क्लबले कोरोना महामारीको समयमा गरेका जनचेतनामुलक कामको प्रशंसा गरिन् ।


कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य खेमराज कटेल, शहिद नरनाथ आविका प्रध्यानाध्यपाक कमल प्रसाद कटेल र क्लका अध्यक्ष सविन कटेल सहित सदस्यको सहभागिता रहेको थियो

-->

सम्बन्धित शीर्षकहरु