सोलुखुम्बु : टाक्सिन्दुमा टेलिकमको टावर उद्घाटन

सोलुखुम्बु, असोज २९

सोलुखुम्बुको टाक्सिन्दुमा निर्माण गरिएको नेपाल टेलिकमको टावर उद्घाटन गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बिच सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा निर्माण गरिएको टावर नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले उद्घाटन गरेका हुन् ।

अहिलेसम्म सञ्चारको पहूँच नपुगेको सो क्षेत्रमा सञ्चार सेवा पु¥याउन नगरपालिका सफल भएको मेयर शेर्पाले बताए ।

मेयर शेर्पाले नगरपालिकाका नागरिक सबैलाई सञ्चार सेवाबाट बञ्चित रहन नदिने बताए ।

६ महिना अघिदेखि थालिएको टावर निर्माणको काम सम्पन्न भएपछि हाल टाक्सिन्दु, नुनथला, माप्य दुधकोशी गाउँपालिकाको वडा नम्बर १ र २, खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर १ क्षेत्रमा समेत सञ्चारको पहूँच पुगेको मेयर शेर्पाले जानकारी दिए ।

त्यस्तै, धार्मिक तथा पर्यटकिय स्थल दुधकुण्ड पोखरी क्षेत्रमा समेत उक्त टावरले काम गर्ने भएकाले चाडै फोरजि सेवा सुचारु गर्नका लागि पहल गर्ने मेयर शेर्पाको भनाई छ ।

दुधकुण्ड पोखरी जादाँ सञ्चार विहिन हुनुपर्ने बाध्यता अन्त्य भएको नगरपालिकाको दाबी छ । वडा कार्यालय नुनथलामा समेत सञ्चार सेवा पहूँच काम गर्न समस्या आउने भएपनि अब समस्या हल भएको टाक्सिन्दुका वडा सदस्य उत्रमान राईले बताए ।

नगरपालिकाका मेयर शेर्पा, वडाध्यक्ष छोङबा लामा र नेपाल टेलीकमको समन्वयमा टावर खडा गरि सञ्चार सेवा सुरु भएपछि सो क्षेत्रका नागरिकले खुसी व्यक्त गरेका छन् ।


उद्घाटन कार्यत्रममा वडाध्यक्ष लामा, कार्यापालिका सदस्य गान्धिमाया तामाङ, सरिता राई लगायत स्थानियको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु