सोलुखुम्बु : बन्यजन्तुका छाला, खुट्टा र भरुवा बन्दुक सहित बाबुछोरा पक्राउ

सोलुखुम्बु, असोज २९


सोलुखुम्बुको खुम्बुबाट बन्यजन्तुका छाला, खुट्टा र भरुवा बन्दुक सहित बाबु छोरा पक्राउ परेका छन् ।


खुम्बुपासाङल्हामु गाउँपालिका १ बुप्साका ४१ वर्षिय मानवीर राईले लुकाईछिपाई बन्यजन्तुका हाडछाला र भरुवा बन्दुक राखेको गोप्य सुचनाका आधारमा खानतलासी गर्दा भेटिएपछि ७४ बर्षिय बाबु तिलक बहादुर राई र ४१ वर्षिय उनलाई पक्राउ गरिएको हो ।


उनिहरुको घरबाट १ थान भरुवा बन्दुक, घोरलको छाला १ वटा, मृगको खुट्टा २ वटा, दुम्सीको काडाहरु नियन्त्रणमा लिईएको गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु