कोरोनाका कारण गुजारा चलाउन समस्या भएका श्रीचौरका स्थानीयलाई रिन्जीले गरे खाद्यान्न सहयोग

पासाङ शेर्पा
ओखलढुंगा (मोलुङ) असोज २८

ओखलढुंगाको मोलुङ गाउँपालिका ६ श्रीचौरका रिन्जी शेर्पाले कोरोनाका कारण दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । योलुङ खोला लघु जलविद्युत योजनाका संस्थापक समेत रहेका शेर्पाले ३ लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

उनले श्रीचौरको चेप्टे र बुर्दिम्मा टोलमा प्रति घर १ बोराका दरले १ सय १५ बोरा चामल, १ लिटरका दरले तेल सहयोग गरेका थिए । विगत लामो समयदेखि गाउँमा सामाजिक सहयोग गर्दै आएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु