सोलुखुम्बुमा ८२.३९ प्रतिशत निजि आवास पुनर्निर्माण

सोलुखुम्बु, असार ३०


सोलुखुम्बुमा ८२.३९ प्रतिशत निजि आवास पुनर्निर्माण गरिएको छ ।

२०७२ सालको बिनासकारी भुकम्पका कारण क्षतिग्रस्त बनेका घरमध्ये १० हजार २ सय ४० घर पुनर्निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुका अनुसार १३ हजार ३६३ लाभग्राही रहेको सोलुखुम्बुमा १२ हजार ४२८ पुनर्निर्माण लाभग्राहीको सुचीमा परेका थिए ।

सांकेतिक तस्वीर

पुनर्निर्माण लाभग्राहीको सुचिमा परेका मध्ये ९७.५२ प्रतिशत अर्थात १२ हजार १२१ ले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता लिएका मध्ये ११ हजार ३२ घरले दोस्रो किस्ता लिएका छन् । त्यस्तै, सोलुखुम्बु जिल्लामा प्रबलीकरण गर्नेको संख्या भने शुन्य देखिएको छ ।

प्रबलीकरणको सुचिमा परेका एक हजार २४५ लाभग्राहीमध्ये ७७.१० प्रतिशत अर्थात ९७० घरले पहिलो किस्ता बापतको अनुदान पाएका छन् । तर उनीहरुले दोस्रो किस्ता लिन आएका छैनन् ।

प्राधिकरणले गुनासो दर्ता गरि छुट तथा पुनःजाँच गराउँदा पनि लाभग्राही सुचिमा नपरेका भुकम्प पिडितले साउन १५ भित्र पुनरावेदन गर्न सक्ने जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु