सोलुखुम्बु, असार ३०
पुर्वेली माटोको सुगन्ध बोकेको गीत ‘मरेर लानु के छ र’ डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
भवि धरासायीको शब्द र टेक नाछिरिङको संगीतमा तयार भएको गीतमा संगीत संयोजन कृष्णभक्त राईले गरेका छन् । टेक नाछिरिङ र सुनिता थेगेमको स्वर समाबेश गीतको भिडियो दुर्लभ जन्तरेको कथा तथा निर्देशनमा तयार भएको छ ।

भिडियोमा निकेश राई, अनुशा राई, दुर्लभ जन्तरे, तिरुसा राई, सुचना राई लगायतको अभिनय रहेको छ । दुर्गा वान्तवा राई र मनोज राइको छायांकन रहेको भिडियोमा मनोज राईले सम्पादन गरेका छन् ।