सोलुखुम्बु, असार ३०
इटहरी साहित्यिक समूह, सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘इटहरी काव्य पुरस्कार’ सोलुखुम्बुका साहित्यकार हरि कट्टेललाई प्रदान गरिएको छ ।
सोमबार इटहरीमा २०७ औं भानु जयन्तिको अवसरमा आयोजित कार्यक्रममा सोलुखुम्बुका अग्रज प्रगतिवादी साहित्यकार कट्टेलको साहित्यिक यात्रामा थप हौसलासहित सो पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार कट्टेललाई दोसल्ला ओढाई प्रमाण पत्र र ११ हजार १ सय ११ रुपैँया नगदसहित सम्मान गरिएको थियो । कट्टेल पछिल्लो समय नेपाली साहित्यमा नाम चलेका साहित्यकार हुन् ।
उनी सोलुखुम्बु जिल्लामा रहँदा पनि साहित्यिक क्षेत्रमा सक्रिय थिए ।