ईटालियन नागरिकद्धारा सोलुखुम्बुका व्यापारी कुटिए

सोलुखुम्बु, असोज २६

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका एक व्यापारीमाथी कुटपिट गर्ने ईटालियन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नं ४ फाप्लुमा पसल संचालन गर्दै आएका ५१ वर्षिय गणेश दर्जीलाई सोमबार साझ ५ः३० बजे ज्याकेट किनबेच गर्ने क्रममा बिबाद हुदा कुटपिट गर्ने पासपोर्ट नं YA9935868 भएका ४१ वर्षिय ईटालियन नागरिक लियोनार्दो मोग्रान्टिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घाईते दर्जीको देबे्र आखा मुनि चोट लागेको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको र अवस्था सामान्य रहेको जनाईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु