सोलुदुधकुण्डका विद्यालयलाई थर्मल गन र मास्क वितरण

सोलुखुम्बु, असोज २६

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा विद्यालयहरुलाई स्वास्थ्य सामग्री वितरण वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थर्मल गन र मास्क मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर कल्पना राईले संयुक्त प्रदान गरे ।


सामग्री हस्तान्तरण गर्दै मेयर शेर्पाले विद्यालयमा सजकता अपनाउन आग्रह गर्दे शिक्षक तथा विधार्थीको नमुना पिसिआर परीक्षण गर्ने बताए ।

सदरमुकाम सल्लेरीमा विद्यालयहरुका प्रध्यानाध्यापकलाई विद्यार्थी संख्या अनुसार मास्क दिइएको छ, भने प्रत्येक विद्यालयलाई एक थान थर्मल गन दिइएको छ।

अधिक संख्यामा विद्यार्थी भएका माध्यमिक विद्यालयमा २ वटा थर्मल गन दिइएको छ।

नगरपालिकाभरी ६२ विद्यालय रहेकोमा पहिलो चरणमा १९ विद्यालयलाई सामग्री वितरण गरिएको छ। दोस्रो चरणको पनि केही दिनमै वितरण गर्ने स्वास्थ्य संयोजक चमर मगर जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु