रावाबेँसीमा भर्चुअल अन्तरक्रिया सम्पन्न

सोलुखुम्बु, असोज २६


खोटाङको रावाबेँसी गाउँपालिकामा बर्तमान अवस्थामा बालिकाहरुको समस्या, चुनौती र व्यवस्थापनका विषयमा भर्चुल अन्तरक्रिया सम्पन्न गरिएको छ ।

अन्तर्राष्ट्रय बालिका दिवस २०२० को सन्दर्भमा हलेसी विकास मञ्चको आयोजनामा मेरो आवाज, हाम्रो समान भविष्य भन्ने नाराका साथ हलेसी विकास मञ्चको अध्यक्ष सम्मर भुजेलको अध्यक्षतामा भएको अन्तरक्रियमा बालिकाहरुको वर्तमान अवस्था र आगामी बाटोको वारेमा केड खोटाङका कार्यक्रम संयोजक लोचन श्रेष्ठले प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, केडका कार्यकारी निर्देशक समिता प्रधान र रावाबँेसी गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुखले आफ्नो मन्तव्य राखेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु