मृतक धनलक्ष्मीको परिवारलाई विमा रकम भुक्तानी

सोलुखुम्बु, असोज २६

सामुदायिक लघु वित्तिय संस्था नेचा शाखा सोलुखुम्बुद्धारा मृतक धनलक्ष्मी राईको विमा भुक्तानी गरेको छ ।

सामुदायिक लघु वित्तिय संस्था नेचाकी शेयर सदस्य राईका श्रीमानलाई १ लाख ९२ हजार रुपैया हस्तान्तरण गरेको हो । श्रीमान राजेन्द्र राईको घरमै पुगेर वित्तिय संस्था नेचाका शाखा प्रेम बहादुर विकले हस्तान्तरण गरेका हुन् ।

यसैबीच, लघु वित्तिय संस्थाले सत साउनमा आगोलागिका कारण घर जलेर नष्ट भएका सोही ठाउँका बलिमान विकको परिवारलाई ५ हजार रुपैया प्रदान गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु