सोलुखुम्बु : रिड नेपालद्वारा स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण

सोलखुुम्बु, असोज २६


गैसरकारी संस्था रिड नेपालले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका विद्यालयलाई स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

सोमबार एक कार्यक्रम गरेर गाउँपालिका भित्रका ३ मावि र आधारभुत बिद्यालयलाई मास्क सेनिटाईजर र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

रिड नेपालले उपलब्ध गराएको सामाग्री गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले विद्यालयका प्रअलाई हस्तान्तरण गर्नुभएको थियो ।

सल्यान क्षेत्रका ९ वटा विद्यालयलाई भने भोली वितरण गरिने रिड नेपालका नेचासल्यान शिक्षा विकास अधिकृत अमर सिंहले जानकरी दिनुभयो ।

कार्यक्रममा नेचासल्यान गाउँपालिका शिक्षा शाखा संयोजक माधवमणि ढुंगाना, विद्यालयका प्रअ लगायतको उपस्थिती रहेको सहकर्मी सोभितकुमार ढुंगेलले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु