नेकपा सोलुखुम्बु द्वारा विभाग गठन

सोलखुम्बु, असोज २५

नेपाल कम्युनिष्ट पार्टी नेकपा सोलखुुम्बुले पार्टीको कामलाई व्यवस्थित बनाउन पार्टीको विधान बमोजिम विभिन्न विभाग गठन गरेको छ ।

जस अन्तरगत संगठन बिभाग प्रमुखमा हर्क बहादुर राई र उप प्रमुखमा गौरव राई,स्कुल बिभाग प्रमुखमा महेन्द्र राई र उप प्रमुखमा धर्मध्वज खत्री, स्थानिय तह विभाग प्रमुखमा जुद्ध बहादुर कार्की र उप प्रमुखमा आस कुमार राई, आर्थिक बिभाग प्रमुखमा राम काजी श्रेष्ठ र उप प्रमुखमा रिमा कुलुङलाई जिम्मेवारी दिएको छ ।

यस्तै प्रचार विभाग प्रमुखमा प्रकाश राई र उप प्रमुखमा गोपाल घिमिरे, भौतिक पुर्वाधार प्रमुखमा डिल्ली राई र उप प्रमुखमा ललित राई, जलश्रोत तथा उर्जा प्रमुखमा अशिम राई र उप प्रमुखमा नन्दराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।

युवा तथा खेलकुद विभाग प्रमुखमा डिबि रानापाल र उप प्रमुखमा प्रबेश किराँती, निर्वाचन प्रमुखमा केशब खड्का र उप प्रमुखमा जुनिता माया मगर, बिज्ञान तथा प्रविधि प्रमुखमा रोहित वास्तोला र उप प्रमुखमा मनि कुमार तामाङले जिम्मेवारी पाउनु भएको छ ।

यस्तै कानुन तथा न्याय प्रमुखमा हिमाल गिरि र उप प्रमुखमा सरस्वती कुलुङलाई जिम्मेवारी दिएको स्थानिय विभाग प्रमुख जुद्ध बहादुर कार्कीले जानकारी दिईन् । बन तथा बाताबरण प्रमुखमा मोहन कुमारी कार्की, सहकारी बिभाग प्रमुखमा पोष्ट कुमार कार्की, खानेपानी तथा सरसफाई प्रमुखमा बुद्धि किरण राई, स्वास्थ्य विभाग प्रमुखमा पुष्प बाबू बस्नेतलाई चयन गरिएको नेकपा सोलुखुम्बुका कार्यालय सचिव हर्कबहदादुर राईले जानकारी दिए ।

त्यस्तै, बैठकले जनबर्गिय संगठनको ईन्चार्जको पनि टुङ्गो लगाएको छ । जसमा युवा ईन्चार्जमा वीर उदास श्रेष्ठ, महिला ईन्चार्जमा कल्पना राई, विद्यार्थी ईन्चार्जमा रामबहादुर राई, जनसांस्कृतिक ईन्चार्जमा गणेशकुमार राई र किशान ईन्चार्जमा नरेन्द्र बहादुर राईलाई जिम्मेवारी दिईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु