सोलुखुम्बु : नेकपा परित्याग गरि वडा सदस्य शेर्पा कांग्रेस प्रवेश

सोलुखुम्बु, असोज २५


सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ का वडा सदस्य काले शेर्पा नेपाली कांग्रेस प्रवेश गर्नु भएको छ ।

सल्लेरीमा आयोजित एक कार्यक्रममा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा सदस्य शेर्पा कांग्रेस प्रवेश गरे ।

नेपाल कम्युनिष्ट पार्टीमा रहेका शेर्पाले नेकपा सरकारले जनताको मनोभावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको विचार धारा मन परेर प्रवेश गरेको बताए ।

वडा सदस्य शेर्पालाई सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले खादा सहित सदस्यता प्रदान गरि पार्टी प्रवेश गराए ।

मेयर शेर्पाले वर्तमान सरकार कार्यकर्ता पोस्दै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको भन्दै शेर्पाले देशमा बलत्कार, हत्या हिंसा जस्ता अपराधका दोषिलाई कानुनी दायरामा ल्याउन नसकेको आरोप समेत लगाए ।

फरक प्रसंगमा बोल्दै शेर्पाले कांग्रेस भित्र रहेको गुट उपगुटको अन्त्य गरि एक ढिक्का बनाएर लैजान पार्टी नेतृत्व सक्षम रहेको दावी समेत गरे ।

कार्यक्रमको अध्यक्षताको ग्रहण गरेका सोलुदुधकुण्ड नगर सभापति दावा गेलु पार्खिनले सत्तापक्षले काम गर्न नसकिरहेका बेलासत्ता बाहिर रहेर पनि कांग्रेस जनताको भावना मर्न नदिने बताए ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी कार्यपालिका सदस्य गान्धिमाया तामाङ, सोनाम ग्याल्जेन शेर्पा, कांग्रेस नेतृ टंकिमाया बस्नेत, दलित संघ सोलुखूम्बुका अध्यक्ष कर्णबहादुर विश्वकर्मा,युवा नेता बालकुमार कार्की लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु