एक सय विद्यालयलाई सेनिटाइजर, मास्क र सावुुन वितरण

सोलुखुम्बु, असोज २२


रीड नेपालले सोलुखुम्बुका एक सय विद्यालयलाई सावुन, सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण शुरु गरेको छ ।

कोरोना कहरका बीच ६ महिना पछि विद्यालय संचालन थालिएपछि कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्लाका एक सय विद्यालयमा ३९ हजार थान मास्क, ४ सय लिटर सेनिटाइजर, १२ सय पिस सावुन वितरण शुरु गरेको रीड नेपालका जिल्ला संयोजक केशवदेव गिरीले जानकारी दिए ।

साथै, पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको कोभिड १९ महामारीमा सिकाइ सहजीकरणका लागि पाठ्यवस्तु समायोजन ढाँचा २०७७ समेत छापेर सोलुका सम्पूर्ण विद्यालयलाई निशुल्क वितरण गर्ने योजना समेत रहेको संयोजक गिरीको भनाई छ । जस्ले, शिक्षण सिकाइमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।

यसअघि रीड नेपालले आधारभूत तहका विद्यार्थीहरुलाई रेडियोबाट सिकाउदै आएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु