गायक पोखरेलले गाए ‘नाचन ओइ मैच्याङ्ग’ (भिडियो सहित)

सोलुखुम्बु – गायक धर्मराज पोखरेलले ‘नाचन ओइ मैच्याङ्ग’ बोलको सेलो गीत डिजिटल बजारमा ल्याएका छन् । यसअघि पुर्वेली–पश्चिमेली लोक भाकाहरु गाएका गायक पोखरेलले यो पटक तामाङ समुदायको लोक लयको सेलो गीत गाएका हुन् ।


इन्जिनियर पेशालाई अंगाल्दै आएका उनले स्वर दिएको गीत सृजना योगेश मोक्क्तानले गरेका हुन् । संगीत संयोजन सुन्दर लामाले गरेका छन् । गीतको भिडियो शंकर विसीले निर्देशन गरेका छन् । दुर्गा पौडेलले क्यामरा चलाएको भिडियोमा निर्देशक विसी र रितु तामाङ नाचेका छन् । भिडियोको नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।


खोटाङको विजयखर्कमा जन्मेका पोखरेल नेपाली कांग्रेस खोटाङका उपसभापति समेत हुन् । यसअघि उनले खोटाङ मध्य बसेरी, यत्ति कुरा, तरुनी, दुइ दिने चोला, गैरी लसुन लगायतका दर्जन बढि लोकलयका गीत गाइसकेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु