नेचासल्यानमा नेपाल निजामती कर्मचारी यूनियन गठन, अध्यक्षमा ढकाल

सोलुखुम्बु, भदौ २२

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नेपाल निजामती कर्मचारी युनियन गठन गरिएको छ । १७ औँ निजामती सेवा दिवसको अवसरमा गठित यूनियनको अध्यक्षमा नारायण गोपाल ढकाल चयन भएका छन् ।

निजामती कर्मचारीहरुको भेलाले उपाध्यक्षमा चेतनाथ कटेल, समावेशी उपाध्यक्षमा केसर बहादुर राई, महिला उपाध्यक्षमा सजिना कटेल, सचिवमा गणेश कटेल, सह–सचिवमा मोती प्रसाद भट्टराई, कोषाध्यक्षमा सरस्वती कार्कीलाई चयन गरिएको छ । यूनियनको सदस्यहरुमा शम्भु निरौला, खुसल विक, चित्र श्रेष्ठ, शारदा बस्नेत, मान बहादुर कार्की, सुशिला दाहाललाई चयन गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला उपाध्यक्ष खेचरबाबु बास्तोलाको विशेष उपस्थितीमा भएको भेलाले १३ सदस्सीय गाउँपालिकास्तरिय समिति गठन गरिएको छ । सोही भेलाले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका डा. अभिषेक सुमन र हुत्तराज बास्तोलालाई सल्लाहकार समितिमा चयन गरेको छ ।

भेलामा नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष कुमारीदेवी शेर्पा, वडा नं २ का वडाअध्यक्ष भेष कुमार बास्तोला, कांग्रेस नेता चन्द्र आचार्य, धनजन राई र लोचन कुमार शर्मा, नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष लाल प्रसाद बास्तोला, नेपाल शिक्षक गाउँपालिका महासंघका अध्यक्ष अशोक कुमार शर्मा, कांग्रेस नेचासल्यानका सभापति निर कुमार शर्मा लगायतको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु