प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीलाई सहयोग

सोलुखुम्बु, असोज २०


सोलु सुपर गानो ईन्टरप्राइजेजकी संचालक अनिता राईले प्राविधिक धारको कृषि बाली विज्ञान अध्ययन गर्ने एक विद्यार्थीलाई सहयोग गरेकी छिन् ।

राईले गार्मा मावि गार्मामा कक्षा ९ देखि कृषि बाली विज्ञान अध्ययन शुरु गर्ने थुलुङ दुधकोशी गाउँपालिका २ कांगेलका उमेशजंग खत्रीको अध्ययन अवधिभर खाना खर्च सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थी खत्रीको खाना खर्च व्यवस्थापनका लागि गार्मा माविका प्रध्यानाध्यापक विनोद सिंह तामाङ र राई बीच सम्झौता समेत भएको छ ।

आर्थिक स्थिति कमजोर भएका तर पढाइमा निकै अब्बल मानिएका खत्री कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षामा प्रथम बनेका थिए ।

-->

सम्बन्धित शीर्षकहरु