कोरोनाभाइरस : ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

सोलुखुम्बु, चैत्र २४

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

प्रधानमन्त्री जोनसन कोरोना भाइरसको संक्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आइतबार साँझ उनमा ज्वरो आउने लगायतका लक्ष्ण देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ । 

 चिकित्सकहरुले उनमा सतर्क हुुनुपर्ने अवस्था देखिएको बताएका छन् । उनको अनुपस्थितिमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरस सम्बन्धी बैठकको अध्यक्षता गरेका छन् ।

बीबीसीका अनुसार जोनसोनलाई एक रात अस्पतालमै राख्न सक्ने सम्भावना छ । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताका अनुसार आफ्ना चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री जोनसोन अस्पताल भर्ना भएका हुन् । बीबीसी

-->

सम्बन्धित शीर्षकहरु