माओबादी केन्द्र संयोजक किराँती भन्छन्, ‘जनताको साथ पाउदैछौ’


सोलुखुम्बु – जागरणका लागि भन्दै नेकपा माओबादी केन्द्रले मेची–काली अभियान संचालन गरिरहेको छ । यहि विषयमा माओबादी केन्द्रका संयोजक गोपाल किराँतीसंग सहकर्मी भानुभक्त निरौलाले गर्नु भएको कुराकानीको सम्पादित अंश –


तपाईहरुको मेचीकाली अभियान कहाँ पुग्यो ?
आज हामी निकुञ्जमा हिड्न नहुने र बन्दको प्रभावले बर्दियाको अम्बासामा पुगेर बास बसेका छौ । हामी मेचीबाट ८२ प्रतिशत हिडिसक्यौ र अब, १८ प्रतिशत बाँकी छ, महाकाली पुग्न ।


मेची–काली अभियान गर्दा जनतामा के सन्देश गयो ? के तपाईको पार्टिले जनताको विश्वास जित्न सक्यो त ?
यो मिडिया र संगठनको विषय भयो । ठूला मिडियाले हाम्रो समाचार तत्काल दिदैनन् । हाम्रो सबै जिल्लामा संगठन बनेको छैन् र यो अभियानमा जति जनतासंगको भेटघाट भयो, जनताको धेरै ठूलो साथ रहेको छ । विचमा अन्योल परेका साथीहरुले माओवादी केन्द्र रहेको थाहा पाएपछि खुशी व्यक्त गरी अभियानमा जुट्नु भएको छ ।

अभियान सकिदा तपाईको पार्टिले के उपलब्धी हासिल गर्ला ?
पहिलो जनता र देशको लागि, दोस्रो, नेकपा माओवादी केन्द्रको लागि र तेस्रो, हामी अभियान्ताको लागि अनुभव पनि हो । हामीले के अपिल गरेका छौ भने नागरिकताको प्रमाणपत्रले मात्र भएर नेपाली नभएकाले, अब हामी साच्चिकै देशभक्त बनौ भन्ने हाम्रो आग्रह हो र यो आग्रहलाई सवैले सकारात्मक रुपमा लिएका छन् । हामी यो अभियान मेचीमा उद्घाटन गर्दै गर्दा नकारात्मक आलोचना, टिप्पणी हुन्छ होला भन्ने सोच थियो तर, त्यस्तो नआएकाले हामी एकदमै उत्साहित र प्रसन्न छौ ।

नेपालमा कम्युनिष्ट पार्टि प्रतिजनताको वितृष्णा बढिसक्यो, भ्रष्ट्राचार बढेको बढैछ, के तपाईलाई जनताले रुचाउछन् त ?
अब, हाम्रो निति, विचार, व्यवहार कार्यक्रम जनताले निरिक्षण र अवलोकन गरी ठिक–बेठिक छुट्याउने छन् । नेपाली जनतालाई चाहिएन भने त के जानौ, चाहे भने नेकपा माओवादी केन्द्र देशको प्रवक्ता बन्न चाहन्छ । त्यसैका लागि यो अभियान हो र यो अभियानमा हामीले धेरै उपलब्धी हासील गरेका छौ । बाँकी हामीले अध्ययन, अनुसन्धान गरी जनताको लागि अन्य कार्यक्रम बनाउदै अघि बढ्छौ ।

तपाईले पनि यसै भन्नुहुन्छ, वैद्य नेतृत्वको माओवादीले पनि त्यसै भन्छ, विप्लवले पनि त्यसै भन्दै हिडिराछन्, कस्को कुरा पत्याउने के जनताले ?
यो त राम्रो कुरा हो । बजारमा धेरै वस्तु भयो भने ग्राहकले छान्न पाउछन् । नेपालमा पनि धेरै कम्यूनिष्ट पार्टिहरु छन् । यो त जनतालाई रोज्ने सजिलो भयो नी ।

-->

सम्बन्धित शीर्षकहरु