सोलुखुम्बु : राप्रपा जिल्ला संयोजक शर्मा नेकपामा प्रवेश

सोलुखुम्बु, असोज १८


राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुका संयोजक दिपेन्द्र कुमार शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।


जिल्ला समन्वय समितिको हलमा आइतबार आयोजित नेकपा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमार्फत शर्मा नेकपामा प्रवेश गरेका हुन् ।


जिल्लामा अधिबक्ताको रुपमा राम्रो पहिचान बनाएका शर्मालाई नेकपा केन्द्रीय सदस्य एबम जिल्ला पार्टी इन्चार्ज हेमकुमार राई ‘सुरबीर’, जिल्ला पार्टी अध्यक्ष मानबीर राइ, नेकपा प्रदेश कमिटी सदस्य तथा प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेत, सोलुखृम्बु प्रदेश सभा क इन्चार्ज महेश किराँती, प्रदेश सभा ख इन्चार्ज आङिङमा लामा, नेकपा प्रदेश सदस्य ध्रुब पराजुली, लगायतका नेताहरुले खादामाला लगाएर शर्मालाइ पार्टी प्रवेश गराएका थिए।नबप्रबेशी शर्माले देशको बिकास र समृद्धिमा नेकपाको विकल्प नदेखेर आफू राप्रपा परित्याग गरी नेकपा प्रवेश गरेको बताए ।

-->

सम्बन्धित शीर्षकहरु