सोलुखुम्बु : नेपाल निर्माण व्यवसायी संगठनको अध्यक्षमा तामाङ

सोलुखुम्बु, असोज १७

सोलुखुम्बुमा नेपाल निर्माण व्यवसायी संगठनको एकता भेलाबाट सुन्दर तामाङ (विजय)को अध्यक्षतामा १९ सदस्सीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

शनिबार सल्लेरी स्थित समिक्षालय हलमा सम्पन्न नेपाल निर्माण व्यवसायी संगठनको एकता भेलाले चयन गरेको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण समेत गराईएको छ । सोही कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई सुरवीरले गुणस्तरिय काम गर्न आग्रह गरेका छन् ।

उनले निर्माण व्यवसायीमा राष्ट्र निर्माणको जिम्मेवारी भएकाले प्राप्त जिम्मेवारीलाई समयमै गुणस्तरिय काम गरेर पुरा गर्न आग्रह गरे ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा निकट नेपाल निर्माण व्यवसायी सगठन जिल्लाका सबै स्थानीय तहमा विस्तार गर्ने तयारी गरिएको छ ।

भेलामा प्रदेश सभा सदस्यहरु बुद्धि कुमार राजभण्डारी, उत्तम कुमार बस्नेत, नेकपा जिल्ला अधयक्ष मानवीर राई लगायतका नेता तथा जिल्लाभरका निर्माण व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु