भलिबलमा लोक दोहोरी गीत प्रतिष्ठान प्रथम

सोलुखुम्बु, असोज १७


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुको आयोजनामा सम्पन्न गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीतामा आयोजक नै प्रथम भएको छ ।

खुम्बु पासाङल्हमू गाउँपालिका ४ स्थित खुम्जुङ यूथक्लबको परिसरमा भएको प्रतिस्प्रर्धामा लोक दोहोरी गीत प्रतिष्ठानको टिमसंग पराजित बन्दै खाग्रीचर्च लुक्ला द्धितीय भएको छ ।

प्रतियोगीतामा खुम्जुङ यूथ क्लबको टिमले तृतीय र सान्त्वना स्थान हात पारेको छ । विजेता टिमलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

प्रतियोगीतामा खाग्री चर्च लुक्लाका प्रेम तामाङ उत्कृष्ट बनेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु