कांग्रेस नेता केसी विरुद्ध अनुशासन उल्लंघनको उजुरी

सोलुखुम्बु, भदौ १२

पार्टीको नियमावली विपरित समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी भित्र विभाजन बढाएको भन्दै काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसी विरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।

सोलु–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष एवं शहिद पुत्र मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीले अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका हुन ।

बैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावली समेत पारित भईनसकेको अवस्थामा मनोमानी ढंगले गत भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको अनुशासनको कार्बाहीको माग गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र प्रबक्ता विश्वप्रकाश शर्मा समेतको उपस्थितिमा केही महिना अघि मात्रै प्रशिक्षण कार्यक्रम गरेको सम्पर्क समिति क्रियाशिल रहँकै बखत केसीले छुट्टै भेला गरि समानान्तर समिति बनाए पछि काँग्रेस सोलुको विवाद फेरी सतहमा आएको हो ।

-->

सम्बन्धित शीर्षकहरु