हिमाल एफ.एम,
सोलुखुम्बु, मंसिर १०
सोलुखुृम्बु जिल्लामा ६ महिना भित्र फोरजी सेवा सुरु हुने संघिय सांसद हेमकुमार राईले दाबि गर्नुभएको छ ।
उहाँले जिल्लाका सम्पुर्ण क्षेत्रमा निर्माण गरिएको नेपाल टेलिकमका टावरमा फोरजी सेवा थप गरि ६ महिना भित्र सुरु हुने दाबी गर्नुभएको हो ।
सांसद राईले विगतका दिनमा सञ्चार सेवामा भएको कमीजोरी हटेर जाने विश्वास व्यक्त गर्नुभयो । ‘म निर्वाचित भएदेखि नै पहिलो प्राथमिकता सञ्चार लाई राखेर अगाडि बढेको हु’ संसद राईले भने ।
हिमाल एफ.एम सँग कुरा गर्दे उहाँले जिल्लामा अबको ३ वर्षमा सबै घरघरमा विद्युत पु¥याउने लक्ष्य सहित अगाडि बढेकाले सबै समस्या समाधान हुदै जाने जिकिर गर्नुभयो ।