दिपेन्द्र पराजुली,
सोलुखुम्बु, साउन २
सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा ग्रामिण विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणले १ करोड ५५ लाखको बजेट स्विकृत गरेको छ ।
नगरपालिकाको मागका आधारमा तिङलामा विद्युत विस्तार गर्ने गरि एक करोड ५५ लाख ६८ हजार ८ सय २४ रुपैया प्राप्त हुने भएको छ ।
चालु आर्थिक बर्ष २०७६–७७ मा काम गर्ने गरि बजेट स्विकृत भएको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
पटक पटक गरेको पहल पछि ग्रामिण विद्युतीकरणका लागि बजेट स्विकृत गराउन सफल भएको मेयर शेर्पाको भनाई छ ।
बजेट सार्वजनिक गर्दै मेयर शेर्पाले विद्युतीकरणको काम चाँडै शुरु गरेर उज्यालो वडा घोषणा गर्ने बताए ।
नगरपालिकालाई उज्यालो बनाउने अभियान अन्तरगतको अर्को सफलताको रुपमा तिङला क्षेत्रमा हुने ग्रामिण विद्युतीकरणलाई लिएको उनको भनाई छ ।
मेयर शेर्पाले गोराखानी, टाप्टिङ र केरुङमा पनि विद्युतीकरणका लागि प्रयास जारी रहेको बताए ।
नगरपालिकाले उज्यालो नगरको लक्ष्य राख्दै नगरपालिकाले तिङला लगायतका क्षेत्रमा ग्रामिण विद्युत विस्तारका लागि साझेदारी कार्यक्रम तर्फ ५० लाख बजेटको व्यवस्था गरेको छ ।
उक्त बजेटबाट नेपाल विद्युत प्राधिकरणको साझेदारीमा काम गर्ने नगरपालिकाले जनाएको छ ।