सोलुका लघुजलविद्युतको भविष्य अन्यौल


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर २३

ग्रामीण विद्युतीकरण हुने भएपछि सोलुखुम्बुका लघुजलविद्युतको भविष्य अन्यौल बनेको छ । नेपाल विद्युत प्राधिकरण, जिल्ला वितरण केन्द्रले गाउँगाउँमा राष्ट्रिय प्रसारणलाई विस्तार गर्ने योजना बनाएकाले गाउँगाउँमा संचालित दुईदर्जन बढि लघुजलविद्युतको भविष्य अनिश्चत बनेको भन्दै सरोकारवाल एकिकृत हुन थालेका छन् ।
अधिकांश वस्तिमा अहिले निजि तथा सामुदायीक लगानीमा निर्माण गरिएको लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युतले झिलीमिली छ । लघुजलविद्युतको पहूँचमा रहेका सर्वसाधारणले सस्तो शुल्कमा उज्यालो पाईरहेका छन् भने कतिपय विना शुल्क उज्यालोमा बस्दै आएका छन् ।

ग्रामिण विद्युतीकरणको काम शुरु गर्ने भएपछि राज्य र जनताको मिश्रित लगानी भएको लघुजलविद्युतलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता शुरु भएको छ । त्यसको लागि बुधबार सल्लेरीमा भएको एक भेलाले सरोकार समिति समेत गठन गरेको छ ।

सरोकार समितिका संयोजक तथा सल्यान स्थित त्रिवेणी सोलुखोला लघुजलविद्युतका अध्यक्ष धनजन राईले जनताको लगानीको सुरक्षा हुनुपर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो । सल्लेरी स्थित समिक्षा हलमा भएको लघुजलविद्युत योजना तथा ग्रामीण विद्युतीकरणको जिम्मा पाएको कार्यालय बिच भएको संयुक्त छलफलमा जनताको सक्रियतामा गाउँ उज्यालो पार्दै लघुजलविद्युतको भविष्य सुनिश्चित गर्न कांग्रेस नेता तथा ब्यवसायी प्रकाशसिंह कार्कीको आग्रह छ ।

सोही छलफल कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि बलबहादुर केसीले जिल्लाका जनप्रतिनिधिले ग्रामिण विद्युतीकरणको आवाज चर्को रुपमा उठाएपनि लघुजलविद्युत आयोजनाको भविष्यको बारेमा सोच्न नसकेको बताउनुभयो । उहाँले जिल्लाका लघुजलविद्युतको व्यवस्थापन सहितको अवधारणा सार्वजनिक गर्न प्राधिकरण समक्ष माग राख्नुभयो ।

समयमै विषय उठान नगर्दा अन्तिम समयमा अप्ठ्यारो पर्ने भएकाले ग्रामिण विद्युतीकरण शुरु हुनु पुर्व नै लघुजलविद्युत योजनाको विषय उठाएको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले लघुजलविद्युतको उज्यालोमा बसेकाहरुले राष्ट्रिय प्रसारण लाईनको विद्युत महंगो पर्ने होकी भन्ने विषय पनि उठाएका छन् । यो विषयलाई नेपाल विद्युत प्रधिकरणका प्रतिनिधिले प्रा्रधिकरणको केन्द्रिय कार्यालयसम्म यस विषयलाई पु¥याउने बताएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु