कोसी पारिको क्षेत्रमा मंहङगि घट्यो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर २३

दुधकोसी नदी स्थित दिप्लीघाटमा ह्युम पाएप बिच्छाईएपछि कोसी पारिको क्षेत्रमा निर्माण तथा खाद्यान्न सामाग्रीको मंहङगि घटेको छ । एक साता अगाडि सोताङ र थुलुङदुधकोशी गाउँपालिकाको सिमाना दिप्लीघाट स्थित दुधकोशी नदिमा ह्युम पाईप राखेपछि दैनिक उपभोग्य तथा निर्माण सामाग्रीको मुल्यमा २० देखि २५ प्रतिशतले कमी आएको स्थानिय व्यापारिहरुले बताएका छन् ।

नदिमा ह्युम पाएप झिकिदा दिप्लीघाट देखि खोर्दा सम्म खच्चड अथवा मान्छेले बोकेर ढुवानी गर्नुपर्ने खर्च घटेको पावै संवाददाता रामबहादुर बस्नेतले जानकारी दिनुभयो । यस भन्दा अगाडि २२ सय पर्ने एक बोरा मनसुलि चामल अहिले 18 सय रुपैँयामा बिक्रि भईरहेको छ । चामल सगै दैनिक उपभोग्य सामाग्रि तथा निर्माण समाग्रीको मुल्य घटेको सोताङका व्यापारी कृष्ण कार्किले बताउनुभयो । कोसि वारिबाट पारि सम्म लैजादा सामान टुट्ने तथा फुट्ने समस्याका कारण व्यापारि तथा उपभोक्ता मङगिको चपेटामा परेका थिए ।

यसैबीच सिधा यातायत सञ्चालनमा आएपछि कोसी परिको क्षेत्रबाट संघिय राजधानि काठमाडौ, तराईका क्षेत्र तथा सदमुकाम सल्लेरी सम्मको भाडादर पनि सस्तीएको छ । सोताङबाट सल्लेरी आउदा १५ सय रुपैया भाडा लाग्ने भएपनि अहिले एक हजार रुपैयामा सहजै यात्रा गर्न सकीने यातायात व्यवासयिले बताएका छन् । सोताङबाट काठमाडौ सम्म यात्रा गर्दा ३ हजार रुपैया खर्च हुने भएपनि अहिले २५ रुपैयामा यात्रा गर्न पाउदा खुसि भएको यात्रुहरुको भनाई छ । सोताङ देखि महाकुलुङ गाउँपालिकाको बुङ सम्म २ सय ५० र छेस्काम सम्म ३ सय रुपैया भाडादर कायम गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु