उदयपुरको राम्चे बस्तीमा खानेपानीको समस्या

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर २३

उदयपुरको कटारी नगरपालिका १० स्थित राम्चे बस्तीमा खानेपानीको समस्या भएको छ । राम्चेका १०५ घरले वर्षेदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । हिउँद र बर्खाको समयमै त्यहाँका घरले २ घण्टा समय लगाएर घ्याम खोला र पिनापु बस्तीबाट बोकेर खानेपानी पिउदै आएका छन् ।

बालबालिकाले घण्टौ समय लगाएर खोलाबाट पानी बोक्दा विद्यालय जानबाट बञ्चित हुनुपर्ने गरेको स्थानिय धनबहादुर विकले बताउनुभयो ।राष्ट्रिय योजना आयोग मार्फत १ करोड ५३ लाखको लागतमा सञ्चालन भएको शिखरपुर–साही डाडाँ खानेपानी आयोजना अलपत्र बनेको छ ।

आयोजना अन्तरगत आधादर्जन घरमा धारा निर्माण र पाईप टाग्ने काम भएपनि उपभोक्ता समितिको निस्क्रीयताका कारण काम अगाडि बढ्न नसकेको सहकर्मी गुरुमणि कुमाईले बताउनुभयो । २०७१ सालमा जिल्ला खानेपानी आयोजना मार्फत उपभोक्ता समिति गठन गरि २०७५ सालमा खानेपानीको काम सक्नुपर्ने भए पनि निर्माण पुरा नभएको हो ।

-->

सम्बन्धित शीर्षकहरु