टेलिकमद्धारा ७ स्थानमा टावर निर्माण, सेवा गुणस्तरहीन

दिपेन्द्र पराजुली
सोलुखुम्बु, मंसिर २३

नेपाल टेलिकम सोलुखुम्बले जिल्लाको ७ स्थानमा नयाँ टावर निर्माण गरेको छ । गतआर्थिक वर्षमा जिल्लाका गोराखानि, बेनि, सोताङ, लिखुपिके गाउँपालिकाको किन्जामा फोरलेग टावर निर्माण गरेको हो । यस्तै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ स्थित तोजिङमानयाँ टावर निर्माणको काम भईरहेको नेपाल टेलिकम सल्लेरी शाखा प्रमुख श्याम प्रसाद कठायतले जानकारी दिए । नगरपालिकाको टाक्सीन्दुमा पनि टावर निर्माणका लागि फाउण्डेसनको काम सकिएको छ ।

उता, थुलङदुधकोसी गाउँपालिकाको जुबुबलङगामा नेपाल टेलीकम निर्देशनालयबाट ३ वर्ष अगाडि निर्माण थालिएको टावर निर्माण कार्य अलपत्र बनेको छ । एसआर निर्माण कम्पनिले निर्माण जिम्मा लिएको काम कम्पनीकै लापरबाहीका कारण अलपत्र परेको हो ।

यसैबीच, सोलुखुम्बु जिल्लामा फोर जि सेवा विस्तारका लागि १८ टावर प्रस्तावित भएर आएको छ । सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी, गोराखानि, पत्ताले, जुनबेसी, फाप्लुमा रहेको टावरमा फोरजि विस्तार हुदैछ । यस्तै, जुबुको डाडाँखर्क, गुदेल , खरिखोला, फाक्दिङ, क्याम्जे, सोताङ, मञ्जो, स्याङबोचे र लुक्लाका टावरमाफोर जिसेवा विस्तार हने नेपाल नेलिकमले जनाएको छ ।

यसैबीच नेपाल टेलिकमले वितरण गर्दे आएको ल्याण्डलाईन, एनटिसि, सिडिएमए सेवा गुणस्तरहिन भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । दिगो विद्युतको व्यवस्थापनगर्न नसक्दा नेटवर्क आउने–जाने समस्या र फोन नलाग्ने समस्याले सेवाग्राही हैरानीमा परेका हुन् ।

-->

सम्बन्धित शीर्षकहरु