सगरमाथा राष्ट्रिय निकुञ्जको वेभ साईट अपडेट विहीन

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, मंसिर २३

सगरमाथा राष्ट्रिय निकुञ्जको वेभ साईट अपडेट नभएको पाईएको छ । वेभ साईटमा राखिनु पर्ने बार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७३÷७४ सम्मको राखिएको छ भने आर्थिक बर्ष ७४÷७५, र ७५÷७६ को बार्षिक प्रतिवेदन राखिएको छैन् ।

राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत रविन चौधरी सरुवा भएर अन्यत्र गए पनि उनीहरुको नाम हटाईएको छैन् ।

राष्ट्रिय निकुञ्जका सरंक्षण अधिकृत भुमिराज उपाध्ययले कर्मचारी अभावका कारण वेभसाईटमा अपडेट नभएको बताउनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु