हलेसी धर्मशाला शिलान्यासका लागि धार्मिक कार्य शुरु

खोटाङ, मंसिर २२

खोटाङको त्रिधार्मिक स्थल हलेसी क्षेत्रमा बन्न लागेको धर्मशाला शिलान्यासका लागि धार्मिक कार्य शुरु गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको पहलमा नेपाल आयल निगमको आर्थिक सहयोगमा दुई बर्ष भित्र बन्ने धर्मशालाको शिलान्यासका लागि धार्मिक कार्य गरिएको हो ।

धर्मशाला बन्ने १६ रोपनी जग्गामा भएको धार्मिक अनुष्ठानमा नगरपालिकाका मेयर ईवन राई र नेपाल आयल निगमका ट्रेड यूनियन अध्यक्ष बाबुराम न्यौपानेले पुजाआराधना गरेका छन् ।

आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको करिब ५ करोड र नगरपालिकाको सहभागितामा धर्मशाला बन्नेछ । ‘मेरै कार्यकालमा हलेसीमा धर्मशाला निर्माण हुन्छ, यो ऐतिहासिक विकासले विश्वभरिका दर्शनार्थीलाई सहज हुनेछ’ मेयर राइले भने, धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने छ ।

खोटाङ जिल्लामै आफु जन्मिएकाले पनि परियोजना सम्पन्न गर्नु आफ्नो दायीत्व भएको आयल निगमका ट्रेड यूनियन अध्यक्ष न्यौपानेले बताए ।

हलेसी धर्मशाला शिलान्यासका लागि धार्मिक कार्य शुरु

हलेसी धर्मशाला शिलान्यासका लागि धार्मिक कार्य शुरु

Posted by Sumerunews on Saturday, December 7, 2019

-->

सम्बन्धित शीर्षकहरु