महिलाको शंकास्पद मृत्यू

सोलुखुम्बु, भदौ २२

सोलुदूधकुण्ड नगरपालिका–५ शेर्गाखोपमा एक महिलाको आफ्नै घरमा शव भेटिएको छ । ४७ वर्षिया मुगामाया घतानी आफ्नै घरको भान्छा कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार साँझ मुलघरमा सासुससुरासँगै खाना खाएकी घतानीको घरमा बिहान घरमा अबेरसम्म चहलपहल नभएपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको हो । घरको बाहिरबाट चाबी लगाएको अवस्थामा रहेको भनिएपनि प्रहरी पुग्दा चाबी फुटाइएको प्रहरीले जनाएको छ । दुवै नाडीमा धारिलो हतियारले गहिरो काटेको र त्यसबाट अत्यधिक रगत बगेको कारण निरीक्षक कार्कीले बताए ।

आफन्तले घटनाको बारेमा तत्काल प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले स्थलगत मुचुल्का समेत तयार पारी शवको पोष्टमार्टमका लागि गर्ने जिल्ला अस्पताल फाप्लुमा पठाइएको छ । मृतक महिलाको श्रीमान् अम्बर घतानी वैदेशिक रोजगारीका लागि साउदीमा छन् भने उनको दुई छोरा र एक छोरी जिल्ला बाहिर रहेका छन् ।

घरमा महिला एक्लै बस्दै आएकी थिइन् । घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

-->

सम्बन्धित शीर्षकहरु