सल्लेरीको ढल व्यवस्थापनमा ३२ करोड

सोलुखुम्बु, भदौ २२

सोलुुदुधकुण्ड नगरपालिकाको बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि थप ३२ करोड रकम स्विकृत भएको छ । मेयर नाम्गेल जाङबु शेर्पाको पहलमा नगरपालिकाको वडा नं ४ फाप्लु, वडा नं ५ सल्लेरी र वडा नं ६ दोर्पुबजार क्षेत्रको ढल व्यवस्थापनका लागि खानेपानी मन्त्रालयले ३२ करोड ५५ लाखको बजेट स्विकृत गरेको छ ।

ढल निर्माण तथा प्रशोधन आयोजना नाम दिईएको कामका लागि तिन बर्षे क्रमागत बजेट कार्यान्वयनमा लैजाने गरि टेण्डर आब्हान गर्न खानेपानी मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्त्तेल खोटाङलाई पत्राचार गरेको छ ।

२९ करोड ८२ लाख प्रस्तावित लागत अनुमान गरिएको आयोजनालाई बहु–बर्षिय खरिद गुरुयोजना अन्तरगत स्विकृत गरिएको छ । आयोजनालाई चालु आर्थिक बर्ष २०७६–७७ मा ३ करोड, आर्थिक बर्ष २०७७–७८ मा १५ करोड र आर्थिक बर्ष २०७८–७९ मा बाँकी ११ करोड ८२ लाख रकम विनियोजन गर्ने तालिकामा उल्लेख गरिएको छ ।

आगामी तिन बर्ष भित्र फाप्लु–सल्लेरी–दोर्पु क्षेत्रको ढलको व्यवस्थापन चुस्त हुने मेयर शेर्पाले बताए । उनले भने, ‘अहिले पुरानो एनएमबि बैँकदेखि जेरो प्वाईन्टसम्म ढल व्यवस्थापनको काम शुरु भएको छ । अहिले स्विकृत बजेटबाट सल्लेरीको बाँकी भाग, फाप्लु र दोर्पु क्षेत्रमा ढल व्यवस्थापनको काम हुनेछ ।’ उनले आगामी तिन बर्षमा बजार क्षेत्रको मुहार फेरिने बताए ।

अहिले सल्लेरी–जेरोप्वाईन्टसम्म सहरी विकास विभागको ५ करोड ८० लाख बजेटमा खानि कुवँर ब्राईट जेभिले ढल व्यवस्थापनको काम गरिरहेको छ । बर्खामा राकिएको काम ३५ प्रतिशत पुरा भएको निर्माण कम्पनीले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु