सोलुमा माओबादीको दोस्रो जित, महाकुलुङमा सागर किराती विजयी

शिखर गजरकोटे,
सोलुखुम्बु, १६ असार

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पनि माओबादी केन्द्रले विजयी हासिल गरेको छ । भर्खर प्राप्त सुचना अनुसार माओबादीका प्रमुख उम्मेद्धार सागर किराती विजयी भएका हुन् । नेपाली कांग्रेसका उम्मेद्धार भलाकाजी राई संग १९ मत अन्तरले जित हात पारेको बताइएको छ । विजयी सागर किरातीले १४०२ मत ल्याउदा उनका प्रतिद्धन्द्धी कांग्रेसका भलाकाजी राईले १३८३ मत ल्याएका थिए ।

उपप्रमुखमा भने नेपाली कांग्रेसकी विपना कुलुङ विजयी भएकी छिन् । कुलुङहरुको बाक्लो बस्ती रहेको महाकुलुङको नतिजा आफ्नो पक्षमा पार्नका लागि प्रमुख ३ दलले राई समुदायका व्यक्तिहरुलाई उम्मेद्धार बनाएको थियो । नेकपा एमालेले प्रमुखको उम्मेद्धारमा नरेन्द्र राईलाई अघि सारेको थियो । यस अघि जिल्लाकै लिखुपिके गाउँपालिकामा माओबादीका उम्मेद्धारले विजयी हासिल गरिसकेका छन् ।

वडामा कुन पाटीका उम्मेद्धार विजयी ?
वडा नम्वर १ – विकास कुलुङ ( माओवादी केन्द्र)
वडा नम्वर २ – प्रदिप कुलुङ (एमाले) सहित प्यानल
वडा नम्वर ३ – डेक बहादुर (एमाले) सहित प्यानल
वडा नम्वर ४ – जय कुविर कुलुङ (माओवादी केन्द्र) सहित प्यानल
वडा नम्वर ५ – सञ्चराम कुलुङ (कांग्रेस) सहित प्यानल

-->

सम्बन्धित शीर्षकहरु