सोलुखुम्बुको कुन स्थानीय तहमा कस्को अग्रता ?

शिखर गजरकोटे,
सोलुखुम्बु, १६ असार

एक नगरपालिका र ७ गाउँपालिका रहेको सोलुखुम्बुका ६ तहमा मतगणना जारी छ । दुधकौशीका गाउँपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन् । भने, लिखुपिके गाउँपालिकामा माओबादी केन्द्रका उम्मेद्धारले विजयी हासिल गरिसकेका छन् ।

गणना जारी रहेका खुम्बु पासाङल्हमु, दुधकोशी, महाकुलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्धारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार खुम्बुपासाङल्हमुमा प्रमुख र उपप्रमुखमा ४५५ र ३६८ मत सहित अग्रता लिईरहेको छ । सो गाउँपालिकामा नेपाली कांग्रेसको पक्षमा ३३१ र २१० मत प्राप्त भएको छ ।

दुधकोशी गाउँपालिकामा फराकिलो मतले नेकपा एमालेका उम्मेद्धारले अग्रता लिईरहेको छ । नेपाली कांग्रेसका उम्मेद्धारले ८९० र ९६६ मत ल्याउदा एमाले उम्मेद्धारले १५२७ र १५२४ मत सहित अग्रता लिईरहेको हो ।

उता, महाकुलुङ गाउँपालिकामा पनि एमालेका उम्मेद्धारले अग्रता लिएको छ । पछिल्लो जानकारी अनुसार एमाले उम्मेद्धार नरेन्द्र बहादुर राई १२४८ मत सहित अग्रभागमा देखिएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेद्धार भलाकाजी राईले ११७६ पच्छ्याउदै अघि बढेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसले दुई स्थानीय तहमा अग्रता लिईरहेको छ । सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेसका मेयर उम्मेद्धार नाम्गेलजाङबु शेर्पाले ७७७ मत सहित अग्रता कायम राखेका छन् भने नेकपा एमालेका उपमेयरका उम्मेद्धार कल्पना नाछिरिङ ७४९ मत सहित अग्रपंत्तिमा देखिएकी छिन् ।

सोताङ गाउँपालिकामा कांग्रेसका प्रमुख उम्मेद्धार खिलराज बस्नेतले अग्रता कायम राखेका छन् भने उपप्रमुमखमा एमालेका लक्ष्मी कार्कीले अग्रता लिईरहेकी छिन् । बस्नेतले ६०८ र कार्कीले ७७२ मत सहित अग्रभागमा छन् ।

यस्तै नेचासल्यान गाउँपालिकामा पनि कांग्रेस एमालेकै अग्रता कायम रहेको छ । कांग्रेसका प्रमुख उम्मेद्धार धनजन राईको पक्षमा ४१४ मत आउदा एमालेकी उपप्रमुखको उम्मेद्धार अमृता कुमारी राईले ४२१ मत सहित अग्रता लिईरहेकी छिन् ।

-->

सम्बन्धित शीर्षकहरु