एमाले जिल्ला सचिव नाछिरिङ वडा सदस्यमै पराजित

शिखर गजरकोटे,
सोलुखुम्बु, १५ असार

नेकपा एमाले सोलुखुम्बु कार्य समितिका सचिव हर्क नाछिरिङ राई वडा सदस्य मै पराजित भएका छन् ।

एमालेका जिल्ला सचिव राई सोताङ गाउँपालीकाको वडा नम्बर १ मा खुल्ला सदस्यमा उम्मेद्धार बनेका थिए ।

खुल्ला सदस्यका उम्मेद्धार राईलाई निटतम प्रतिद्धन्दी काँग्रेसका राज बहादुर बस्नेतले ३ सय ९ मत ल्याएर पारजित गराएका हुन् । राईले २ सय ८० मत ल्याएका छन् ।
विजयी भएका बस्नेतको भन्दा राईले २९ मत कम ल्याएर पराजित भएका हुन । सो वडामा जंग बहादुर गुरुङ नेतृत्वको काग्रेस प्यानलै विजयी भएको हो ।

-->

सम्बन्धित शीर्षकहरु