भौगोलिक विकटता र बर्षाको कारण मतपेटिका संकलनमा समस्या

शिखर गजरकोटे,
सोलुखुम्बु, १४ असार

सोलुखुम्बुमा भौगोलिक विकटता र बर्षाको कारण सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यलयसम्म मतपेटिका पुर्याउन समस्या भएको छ । उत्साहपुर्ण मतदानपछि एक नगरपालिका र ७ गाउँपालिकाका अधिकांश मतदान केन्द्रवाट भौगोलिक कारणले गर्दा भोली विहान मात्र पतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलेले जानकारी दिए ।

सोलुदुधुकण्ड नगरपालिका अन्तरगतका २३ वटै मतदान केन्द्रवाट भने आजै मतपेटिका संकलन गरिने भएको छ । यो समाचार तयार पार्दासम्म गार्मा, फाप्लु र गोराखानीका केहि मतदान केन्द्रवाट मतपेटिका सल्लेरी ल्याउने काम भईरहेको बताईएको छ भने अन्य स्थानवाट पनि आज साँझ सम्म निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसक्ने प्रजिअ पाण्डेको भनाई छ । मतगणना भने भोली विहान १० बजेवाट हुने जनाईएको छ ।

अन्य ७ गाउँपालिकामा पनि मतपेटिका संकलनमा समस्या देखिएको छ । अधिकृतको कार्यालय नजिक रहेका मतदान केन्द्रवाट आजै मतपेटिका तोकिएको स्थानमा लैजाने भएपनि टाढाको क्षेत्रको मतपेटिका भोली मात्रै संकलन गर्ने बताईएको छ । जिल्लाको खुम्बु पासाङल्हमू, दुधकोशी, दुधकौशीका, लिखुपिके, महाकुलुङ, सोताङ गाउँपालिकाका टाढाका मतदान केन्द्रवाट भोली विहान मतपेटिका संकलन पछि मात्रै गणना कार्य शुरु गरिने बताईएको हो ।

तर नेचासल्यान गाउँपालिकामा भने आजै मतपेटिका संकलन गर्ने काम भईरहेको बताईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु