सबै जातजातिलाई समेटेर समृद्ध सोलुखुम्बु बनाउछु – काँग्रेस उम्मेदवार शेर्पा

हिमाल एफ एम,
सोलुखुम्बु, २१ कात्तिक

नेपाली काँग्रेसका युवा नेता एवं सोलुखुम्बुको प्रदेश सभा क्षेत्र नम्बर ख का उम्मेदवार आङगेलु शेर्पाले सबै जाताजितको बलियो एकताबाट बनेको सोलुखुम्बुलाई थप सहिष्णु र सम्बृद्ध बनाउने बताउनु भएको छ ।

सदरमुकाम सल्लेरीको कुनिखोपमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उम्मेदवार शेर्पालाई केही प्रतिश्प्रर्धी उम्मेद्धारहरु पराजित मानििसकता बोकेर जातिय ध्रुविकरण गराउन लागि परेको भन्दै आफुले सबै जातजातिलाई समेटेर नमुना जिल्ला बनाउने बताउनुभयो ।

काँग्रेस नेता विरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व पार्टी सभापति समेत रहनु भएका शेर्पाले आर्थिक सम्बृद्धि र दिगो विकास नै आफ्नो पहिलो प्राथमिक्ता रहेको बताउनु भयो । कार्यक्रममा प्रदेश सभाका समानुपातिक उम्मेदवार डोल्मा तामाङले जिल्लाको ईतिहासमा पहिलो पटक तामाङ समुदायलाई काँग्रेसले टिकट दिएको भन्दै सबै तामाङ समुदायको मुक्तिका लागि काँग्रेसले जित्नु पर्ने धारणा राख्नु भयो ।

सो अवसरमा काँग्रेस नेता एवं सोलुदुधुकण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले नगरपालिकाको बृहत्तर विकासका लागि काँग्रेसले जित्नु पर्ने दाबी गर्नु भयो । काँग्रेस नेता रामबहादुर बस्नेत र नगर सभापति राजु पाख्रिन लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेकाहरु लाई स्वागत गरिएको थियो ।

उता नेचासल्यान गाउँपालिका वडा नम्बर १ जिब्लिमा माओबादी पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका नोजेल्हाक्पा शेर्पा र दोर्जी शेर्पाेलाई जिल्ला सचिव धनजन राईले स्वागत गर्नु भएको वडा अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु