कुलुङ जातिलाई राज्यले अन्याय गरेको वाम उम्मेद्धारको भनाई

हिमाल एफ एम,
सोलुखुम्बु, २१ कात्तिक

सोलुखुम्बुवाट प्रतिनिधि सभा र प्रदेश सभाका वाम उम्मेद्धारहरुले कुलुङ जातिलाई आदिवासी जनजातीको सूचमा नराखेर राज्यले अन्याय गरेकाले सूचीकरण र महाकुलुङको विकासका लागि आफूहरुलाई जिताउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाका उम्मेद्धार हेम कुमार राई सुरवीर र प्रदेश सभा क्षेत्र क का उम्मेद्धार उम्मम बस्नेतले विकासका लागि वाम उम्मेद्धारलाई मतदान गर्न आग्रह गर्नुभएको हो ।

छेस्काममा भएको वाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्र्दै एमाले जिल्ला अध्यक्ष मानवीर राईले कम्यूनिष्टहरु मिल्दा तानाशाही जन्मने भन्ने हल्ला भ्रम मात्र भएको टिप्पणी गर्नुभएको उहाँले वाम शक्तिहरु स्थायी परिर्वतनका लागि एकताको प्रक्रियामा अघि बढेको प्रष्ट पार्नुभयो ।
कार्यक्रम डेक बहादुर राईको सभापतित्वमा सम्पन्न गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु