२ दशक देखिका राजनितिक प्रतिस्प्रर्धी केसी र किराँती एउटै मञ्चमा

भानुभक्त निरौला
सोलुखुम्बु, २१ कात्तिक

दुई दशक देखिका सोलुखुम्बुका राजनैतिक प्रतिस्प्रर्धी तथा पुर्व माननीयहरु बलबहादुर केसी र भुपाल किराँती सोमबार एकै मञ्चमा उभिएर एकै ठाउँमा भोट मागेका छन् ।

विभिन्न राजनैतिक कालखण्डमा पटक पटक प्रतिस्प्रर्धीको रुपमा चुनाव लडेका फरक ध्रुवका केसी र किराँती चुनावी गठबन्धनसँगै एक ठाउँमा उभिएका हुन् । बामपन्थि दृष्टिकोण लिएर लामो समय राजनिति गरेर माननीय समेत भईसकेका किराँती पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेसँगै लोकतान्त्रिक गठबन्धनको रुपमा एउटै अभियानमा हिड्नु भएको हो ।

सोताङको शिवटार बजारमा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य रहनु भएका केसीले प्रत्यक्ष तर्फ काँग्रेस र समानुपातिकमा भने आफ्नै पार्टीमा भोट माग्नु भएको थियो ।

कार्यक्रममा काँग्रेस उम्मेदवार केसीले शुरुवात भएका विकास निर्माणका कामलाई पुर्णता दिन पनि काँग्रेसले चुनाव जित्नु पर्ने तर्क राख्नु भयो । सो अवसरमा काँग्रेस प्रदेश सभा उम्मेदवार प्रकाशसिंह कार्कीले जनताले दु्रत विकास चाहेको भन्दै औद्योगिक क्रान्ति मार्फत युवा रोजगारी सृजना गर्न आफुले चुनाव जित्नु पर्ने बताउनु भयो । काँग्रेस नेता कार्कीले गाउँमै युवा रोजगारी सृजना गरि बैदेशिक रोजगार जानुपर्ने बाध्यता घटाउने आफ्नो प्रमुख प्राथमिकता रहेकोबताउनु भयो ।

-->

सम्बन्धित शीर्षकहरु