लोक क्षेत्रका हस्तीहरुले ‘रश्मी’ माथी आँखा गाडेको भिडियो सार्वजनिक (भिडियो सहित)

सोलुखुम्बु । लोक क्षेत्रमा नाम कमाएका कलाकर्मीहरु नृत्याङगना रश्मीको हाँसोमा डुबेको भिडियो सार्वजनिक भएको छ ।

gauma

म्यूजिक नेपाल मार्फत सार्वजनिक भएको भिडियोमा गाउँमा लागेको मेलामा रश्मी नाचेको देखाईएको छ । सोहि गाउँमा मेला हेर्न गएका लोक क्षेत्रका हस्तीहरु चन्द्र शर्मा, रमेश विजी, पशुपति शर्मा, शिव हमाल, पिएन सापकोटा रश्मी तामाङको हाँसोमा डुबेर कल्पनामा डुबेको दृष्य देखाईएको छ तर यो दृष्य कृष्ण रेउलेका ‘आज गाउँमा’ बोलको दोहोरी गीतको भिडियाका लागि खिचिएको हो ।

reule

रेउलेको शब्द र भाका सृजनामा तयार भएको गीतमा स्वरमा साथ जुनु रिजालले दिएकी छिन् । आशिष म्यूजिक प्रा.लि. को प्रस्तुतीमा बजारमा आएको गीतको भिडियोमा समेत रश्मीसंग रेउले स्वयम्ले नृत्य प्रस्तुत गरेका छन् ।

फरक धार सहित प्रस्तुत भएको यो गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् भने दुर्गा पौडेलले खिचेका हुन् । रेउले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौ महाधिबेशनवाट निर्वाचित सचिब समेत हुन् ।

-->

सम्बन्धित शीर्षकहरु