ऋतु र समिरको प्रेमको कथा (भिडियो सहित)

सोलुखुम्बु । पुर्वेली गायक प्रियजन राई र ऋतु कोईरालाद्धारा स्वरबद्ध गीतको भिडियोमा ऋतु कोईराला र समिर राईले रोमान्स गरेका छन् ।

हिमाल साथर हिङमाङद्धारा निर्देशित भिडियोमा विनोद, पारु, हरिचन्द्र र ईन्द्रले समेत अभिनय गरेका छन् ।

premko-katha-2

दुई चुल्ठी केश बाँधेकी हातमा कलम कापी
मनको माया दिन्छु लैजाउ अञ्जुलीमा थापी
माछी बस्ने खोलीमा न्याउली चरी वनमा
यी आँखामा बस्नु भन्दा बस कान्छी मनमा

तिमि डुल्छौ शहर बजार म त सोझी गाउँकी
त्यहि मुटुको माया झिकी घुटुघुटु खाउँकी
माछी बस्ने खोलीमा न्याउली चरी वनमा
यी आँखामा बस्नु भन्दा बस कान्छी मनमा

‘प्रेमको कथा’ बोलको यो गीतमा सर्जक तथा सञ्चारकर्मी शिखर गजरकोटेको मायालु शब्द लेखन र प्रियजन राईको भाका सृजना रहेको छ ।

गीतलाई पुर्वेली जुनतारा म्यूजिक प्रा.लि. ले बजारमा पठाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु