गायक लिला विरहीको ‘रन्को’ बजारमा

14729099_10211157040704973_1726210854318946399_n

सोलुखुम्बु । गायक तथा सञ्चारकर्मी लिला विरही श्रेष्ठ लोक गीति संग्रह ‘रन्को’ लिएर बजारमा प्रस्तुत भएका छन् ।

सुपारी जाईको माला, घर हाम्रो पुर्वतिर हो जस्ता चर्चित गीतमा स्वर दिएका श्रेष्ठ पुर्वेली गायक तथा संकलकद्धय अभय र राजु ढुंगेलका दौतरी मानिन्छन् ।

अभय ढुंगेलको संकलनमा लिखु खोला र आफ्नै संकलनमा रन्को गीत तयार पारि गीतिसंग्रहको रुप दिएका छन् । सो संग्रहमा पुराना गीतलाई समेत समाबेश गरिएको संकलक तथा गायक श्रेष्ठले बताए । गीतिसंग्रहलाई लिखु अनलाईनले व्यवस्थापनको जिम्मा लिएको छ ।

सस्तो चर्चाको लागि मौलिक धारलाई नछाड्ने श्रेष्ठको भनाई छ । श्रेष्ठ पुर्वी नेपालकै सर्बोत्कृष्ट रेडियो हिमाल एफ एममा प्राविधिक प्रमुखको रुपमा समेत कार्यरत छन् ।

-->

सम्बन्धित शीर्षकहरु