सोलुखुम्बुका २ वटा बिमानस्थल बर्षौंदेखी अलपत्र

हिमाल एफ एम, सोलुखुम्बु – सोलुखुम्बुका ४ मध्ये २ वटा बिमानस्ल बर्षौंदेखी अलपत्र अबस्थामा रहेका छन् । जिल्लाको तल्लो क्षेत्रको घना बस्तिलाई लक्षित गरी बनाइएको काँगेल बिमानस्थलमा ३ बर्षदेखी जहाज अबतरण भएको छैन । त्यहाँसम्म सडक सुबिधा पुगेपछि यात्रु नपाएको भन्दै बिमानस्थलमा उडान बन्द गरेको बिमानकम्पनीहरुको दाबी छ ।

तीन बर्ष अघिसम्म नेपाल एअरलाईन्स र तारा एअरलाईन्सले हप्तामा १÷१ दिन उडान तालिका राखेर उडान भर्दै आएका थिए । उडान ठप्प भएपछि अहिले बिमानस्थल गाई÷भैंसी चर्ने चरणमा परिणत भएको छ ।

यस्तै एशियाकै अग्लो स्थानको बिमानस्थलको नाम पाएको सोलुखुम्बुको स्याङबोचे विमानस्थल पनि पाँच वर्षदेखि अलपत्र परेको छ । विमानस्थलमा साना जहाज र पिलाटस पोर्टरले उडान गर्दै आएकामा हाल त्यो पनि बन्द भएको छ । स्थानीयले विमानस्थल सुचारु गर्न पटक÷पटक माग गरे पनि विमान कम्पनीहरूले उडान भरेका छैनन् । विमानस्थल सञ्चालन हुन नसक्दा अलपत्र परेको हो । नागरिक उड्डयन प्राधिकरणले स्याङबोचे विमानस्थलको थप निर्माण र सञ्चालनको काम रोकेको छ । हाल कहिलेकाहीं हेलिकप्टर मात्रै अवतरण हुने गरेको छ ।

स्याङबोचेमा धावनमार्ग छोटो भएकोले त्यहाँ पिलाटस पोर्टर तथा त्यस्तै साना जहाजले उडान भर्न सक्छन् । काँगेलमा भने फाप्लु र लुक्ला बिमानस्थलमा उडान भरिरहेका बिमानहरुले उडान भर्न सक्ने बताईएको छ ।

-->

सम्बन्धित शीर्षकहरु